सिटिईभिटीको तालिमले आवश्यक दक्षजनशक्तिको माग धानेको मुख्यमन्त्री कार्कीको भनाई

विराटनगर ३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनु भएको छ । परिषदको पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले आवश्यक्तालाई ध्यानमा […]

पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएपछि रास्वपामा असन्तुष्टी

विराटनगर ३ मंसिर । पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टी बढेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउयँपालिकाको अध्यक्ष पदमा रास्वपाबाट ग्रामथान ६ का नविककुमार विश्वासले उम्मेदवारी दिएपछि रास्वपामा असन्तुष्टी बढेको रास्वापा मोरङका एक नेताले बताए । ०८१ कात्तिक ३० गते विश्वासले […]

ग्रामथानकाे अध्यक्षमा १६ जनाकाे उम्मेदवारी

विराटनगर २ मंसिर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । दल बलसहित पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतकाे  कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा […]

उपनिर्वाचनको मनोनयन दर्ता आज, ग्रामथानको अध्यक्षमा कुन दलले कति बजे मनोनयन दर्ता गर्ने ?

विराटनगर २ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदै छ । विहान १० देखि साँझ ५ वजे सम्म उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचन अन्र्तगत कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष सहित ८ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ताप्लेजुङको […]

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, ७९ जना प्रतिष्पर्धामा

विराटनगर १ मंसिर। सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज साँझमा विराटनगरमा हुँदैैछ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरकाे सिटि प्यालेसमा हुने प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्ने  मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिनुभयाे । प्रतियोगिताको फाइनलमा मिस लिटलतर्फ तृष्णा घले, कृष्मा सापकोटा, मृगा गोल्छा, सायरा दत्त, संस्कृती […]