मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, ७९ जना प्रतिष्पर्धामा

विराटनगर १ मंसिर। सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज साँझमा विराटनगरमा हुँदैैछ ।

जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरकाे सिटि प्यालेसमा हुने प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्ने  मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिनुभयाे ।

प्रतियोगिताको फाइनलमा मिस लिटलतर्फ तृष्णा घले, कृष्मा सापकोटा, मृगा गोल्छा, सायरा दत्त, संस्कृती गौतम, अनन्या पोखरेल, आध्या कृष्णन, नव्या दाहाल, अदिति भण्डारी, उपासना रामदाम, लिज्जा मेहता, अन्विता स्वर्णकार, समिक्षा अधिकारी, मानसा श्रेष्ठ, जिज्ञाशा निरौला, सान्वी तिवारी, आशि अग्रवाल, लाडली केशरी, इशानी ढकाल, साम्राज्ञी ओझा, युक्ता प्रधान, एलेक्शा विष्ट, आयुषी चौधरी, सेनिष्मा खड्का रहेकी छिन् । त्यसैगरी रोशनी यादव, अनुष्का श्रेष्ठ, ओजस्वी श्रेष्ठ, कृपा यादव, आरोही ठाकुर, प्राच्ना शाह, दृष्टि चौधरी, ग्रेसी कार्की, एरिका होमागाई, सीमा मण्डल, इशिका कुमारी शाह, निश्चला निरौला, रियान्सा सापकोटा, रुविशा रेग्मी, स्वर्णिमा खड्का, स्मारिका डंगाल, नितिशा अधिकारी, अरुणिमा प्रधान, निजाश्री बस्नेत, क्षितिजा खत्री, सायामी राई, दिक्षा भुजेल, नान्शु राई, नमिका चौधरी, एशिका राई, क्रिस्टिना आले मगर, आयूशा लिम्बु, निश्चिता लुङ्गेली, ईशा बस्नेत, देवांशी मोहोता, फाइनल पुगेका छन् ।

त्यसैगरी मिस्टर तर्फ अक्षत झा, आयुष पराजुली, श्रीयान्स थापा, आर्यन प्रधान, आरव राजवंशी, आरुष कुमार साह, प्रज्वल घिमिरे, हर्षल केशरी, श्रीयांशु पौडेल, बिशेस देउजा, ओशियन जंग थापा, प्राञ्जल ढकाल, रेयांश चौधरी, युनय राई, तनिश अग्रवाल, आरोहण पोखरेल, असिम तिमसिना, आर्षभ भट्टराई, कर्तब्य चौधरी, मिसन राना मगर, संगीत धमला, अस्बिन लिम्बु र अरमान जिमी रहेका छन् ।

प्रतियोगिताको फाइनलमा विराटनगर, इटहरी, धरानसहित विभिन्न शहरका प्रतियोगिहरुको सहभागिता छ । उनीहरुले विभिन्न चरणका अडिसनबाट छनौट हुँदै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिएको छ । प्रतियोगिताको बिजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका हुन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरुमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए ।