उपनिर्वाचनको मनोनयन दर्ता आज, ग्रामथानको अध्यक्षमा कुन दलले कति बजे मनोनयन दर्ता गर्ने ?

विराटनगर २ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदै छ ।

विहान १० देखि साँझ ५ वजे सम्म उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचन अन्र्तगत कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष सहित ८ पदका लागि उपनिर्वाचन हुँदैछ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका –६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र उदयपुरको बेलका नगरपालिका–९ मा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

आयोगका अनुसार ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन हुँदैछ ।

ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुलाई उम्मेदवारीका लागि छुट्टा छुट्टै समय निर्धारण गरेको ।

शुक्रबार राजनीतिक दलहरुसहितको सर्वदलिय छलफलको निर्णय अनुशार दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिईएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेले १ वजे उम्मेदवारी दर्ता गर्दैछ । नेपाली कांग्रेसले २ वजे, माओवादी केन्द्रले २ : ३० वजे, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ वजे र राप्रपाले ११ वजे उम्मेदवारी दर्ता गर्नका लागि समय निर्धारण गरिएको पौडेलले बताउनुभयो ।

त्यसैगरि जनमत पार्टीका लागि १० : ३० वजे , नेकपा एकिकृत समाजवादीका लागि ३ वजे, नागरिक उन्मुक्ति पार्टीले ११ : ३० वजे, मंगोल नेशनल अर्गनाईजेसनले १२ : ३० वजे र समावेशी समाजवादी पार्टीले ४ वजे उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ ।

सहायक निर्वाचन अधिकृत पौडेलका अनुशार सर्वदलिय छलफलमा सहभागी राजनीतिक दलको लागि समय निर्धारण गरिएको र अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि निर्धारण गरिएको बाहेकको समयमा उम्मेदवारी दर्ता गरिने छ ।

ग्रामथानको अध्यक्षमा एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार, माओवादी केन्द्रका नमोनारायण माझी, नेकपा एसका दिलबहादुर विश्वकर्मा र राप्रपाका दिवेश थान्दारको यसअघि नै राजनीतिक दलहरुले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोही अनुशार उनीहरुले उम्मेदवारी दर्ता गदैछन् । अन्य दलहरुले आजै उम्मेदवारी घोषणा गर्दै दर्ता गर्ने कार्यक्रम छ ।

ग्रामथानको उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन पनि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।