विराटनगर २० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै उहाँले उहाँले स्वदेशी उत्पादन प्रयोगले मुलुकको राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो […]
विराटनगर, २० माघ । मोरङको कटहरी गाँउपालिकाले हलुका सवारी चालक तालिम दिन शुरु गरेको छ । बेरोजगारीका कारण धेरै युवाहरु विदेशीने गरेका कारण अन्तराष्ट्रिय श्रम बजारमा अत्यधिक माग भएको हलुका सवारी चालकका लागि दक्ष र सक्षम युवाहरु उत्पादन गर्ने उद्देश्यले कटहरी गाँउपालिकाले तालिम आयोजना गरेको अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो । कटहरी गाँउपालिका वडा नं. […]
विराटनगर १९ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ र जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताउनु भएको छ । आपूर्ति तथा उपभोक्ता विभागद्वारा शुक्रबार विराटनगरमा आयोजित वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकारको समबन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले जनतालाई सहज आपूर्ति व्यवस्था,उनीहरुको हित, मुलुकमा लगानी भित्राउन, विदेशमा सूचना प्रविधिको कम्पनि […]
विराटनगर १२ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार तस्करी,कुशासन, भ्रष्टाचार नियन्त्रण गर्न निर्माण भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हामी कालो बजारी, तस्करी , कमिशनतन्त्र नियन्त्रण गर्ने कार्यमा प्रभावकारी ढङ्गले कार्य गरिरहेको प्रष्ट पार्नु भयो । अर्थमन्त्री पौडेलले भन्नु भयो,‘ नेकपा एमाले र नेपाली कांग्रेसको […]
विराटनगर ११ माघ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ । कोशी टप्पु सुनसरीमा विहिबार भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो । कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने […]