महानगरद्वारा बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु

विराटनगर २६ असोज । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । “मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको […]

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार १०९ मा संक्रमण

विराटनगर, १३ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको डेंगुबाट मृत्यु भएसँगै देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो । डेंगु संक्रमितको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सातै प्रदेशका ७६ जिल्लामा […]

चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने

विराटनगर १२ असोज । नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी फागुन १८ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन हुने भएको हो । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि राष्ट्रिय सम्मेलन आयोजनाबारे जानकारी दिएको हो । सम्मेलनमा नेपाल लगायत विदेशीमुलकबाट एक हजार भन्दा बढी […]

ग्रामथानमा २६५ जनाको स्वास्थ्य परीक्षण

विराटनगर, ९ असोज । मोरङको ग्रामथान १ लखन्तरीमा शनिबार निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ । ग्रामथान गाउँपालिका वडा नम्बर १, हर्ड नेपाल र मेची अभियानको आयोजनमा एकदिने दीर्घकालीन मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र मुटुको रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा २६५ जनाको स्वास्थ परीक्षण गरिएको छ । डा. संजीव […]

विराटनगर ८ द्धारा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकहरुको मधुमेहको जाँच शुरु गरेको छ । हरेक महिनाको अन्तिम शुक्रबार वडाभित्रका जेष्ठ नागरिकको मधुमेहको निशुल्क जाँच अभियान शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । न्युरो अस्पतालको प्राविधिक सहयोगमा शुरु गरिएको अभियान अन्र्तगत आज गरिएको पहिलो शिविरमा ७० जनाले सेवा लिएको वडाध्यक्ष पोखरेलले […]