विराटनगर १७ कात्तिक । फेक्ट नेपालको आयोजनामा ओठ तथा तालु ( मुखभित्र जिब्रोभन्दा माथी ) चिरिएका मानिसहरुका लागि शल्यक्रियापछि दिइने बोलिको तालिम विराटनगरको रामजानकी सेवा सदनमा निशुल्क रुपमा सुरु भएको छ ।
एक हप्ता सम्म चल्ने बोलिको तालिममा बिरामीहरुलाई खाने बस्ने सुबिधा सहित सेवा प्राप्त हुने आयोजकले बताएको छ । फेक्ट नेपालका स्पिच थेरापिस्ट शिवकुमारी राइका अनुसार अभिभावकलाई समेत तालिम दिएर घरमा समेत बोलि सिकाउनका लागि प्रोत्साहित गरिने बताउनुभयो । शिविरमा आएका बिरामीहरुका लागि डा. चादनी यादबले दातको जाँच, पहिला गरेको अपरेसनको अवस्थाको बारेमा जाँच गर्न कीर्तिपुर अस्पतालबाट प्रा.डा.शंकरमान राई समेत आउनु हुने भएको छ ।
बोलिको तालिममा शिवकला राईको नेतृत्वमा हिमालसरि राई, निलम श्रेष्ठ, जानुका तामाङ, लिला राना, रेनुका श्रेष्ठ, नैना महतो अस्मिता चौधरी, जीवनकुमार यादब, विशाल तामाङ लगायतको टोलिले शिविरमा सेवा दिरहेको छ ।
विगत २२ बर्ष देखि ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएका मानिसहरुको शल्यक्रियापछि बोली राम्रो बनाउनका लागि हरेक ३ महिनामा हप्ता दिन सम्म शिविर संचालन गरेर तथा हाम्रो अस्पताल विराटनगरमा हरेक दिन बोलिको तालिम दिइने गरिएको हिमालसरि राइले बताउनु भयो ।