रासस वार्षिकोत्सव समारोह : प्रदेश १ द्धारा तीन पूर्व कर्मचारी सम्मानित

विराटनगर ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन जना पूर्व कर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीहरुमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले रहेका छन् । उहाँहरु तीनै जना यस क्षेत्रका राससका सेवानिवृत्त कर्मचारी हुन । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका […]

विराटनगरमा बन्यो आर्ट अफ लिभिङको भवन

विराटनगर ४ फागुन । द आर्ट अफ लिभिङ विराटनगरले नेपालमै पहिलो पटक आफ्नै भवन निर्माण गरेको छ । विराटनगर ५ को कोशी बहिरा मावि नजिक डेढ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरेको हो । १ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको आगामी शनिबार महाशिवरात्रीको अवसरमा पारेर उद्घाटन गरिदैछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, […]

गैसस मोरङ अध्यक्षमा विष्णु शर्मा निर्विरोध

विराटनगर ३ फागुन । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङको अध्यक्षमा विष्णु शर्मा पन्त निर्वाचित हुनु भएको छ । विराटनगरमा आज भएको १८ औं बार्षिक साधारणसभाले अध्यक्षमा पन्तलाई सर्वसम्मत निर्वाचित गरेको हो । गत भदौमा गैसस मोरङ अध्यक्ष राजेन्द्र ढकाल १२ बर्षीय बालकलाई मैथुन गरेको आरोपमा पक्राउ परेपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी शर्माले पाउनु भएको थियो […]

प्रदेश स्तरिय मानवअधिकार सञ्जालमा न्यौपाने

विराटनगर २६ माघ । प्रदेश १ स्तरिय मानव अधिकार सञ्जालको अध्यक्षमा त्रिलोक न्यौपानेलाई चयन गरिएको छ । आज विराटनगरमा भएको सञ्जाल गठन तथा छलफल कार्यक्रमले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रादेशिक समिति गठन गरिएको छ । मानवअधिकार सञ्जालको उपाध्यक्षमा धनपालथान गाउँपालिकाकी राधा पासवान, सचिवमा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापा, कोषाध्यक्षमा ओरेक विराटनगरकी सरस्वती दनुवार […]

फागुन ६ देखि मोरङको सुन्दरहरैंचामा स्काउटको संयुक्त क्याम्प संचालन हुने

विराटनगर १७ माघ । आगामी फागुन ६ गतेदेखि मोरङको सुन्दरहरैचामा नेपाल स्काउटको संयुक्त ट्रेनिङ क्याम्प संचालन हुने भएको छ ।  मोरङका सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी, लेटाङका स्थानीय स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा  ३ रात ४ दिनको क्याम्प संचालन हुन लागेको हो । संयुक्त ट्रेनिङ क्याम्प मूल समारोह समितिका संयोजक बादल देवानले आज विज्ञप्ति जारी […]