महिला शशक्तिकरणमा ओरेकको भूमिका महत्वपूर्ण : उपसभामुख

विराटनगर २० चैत । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले महिला शशक्तिकरणको क्षेत्रमा ओरेक नेपालको भूमिका महत्वपूण रहेको बताउनु भएको छ । उहाँले हिंसा पीडितलाई समाजमा पुर्नस्थापना गराउन ओरेक क्रियाशिल रहेको   बताउनुभयो । ओरेक नेपालको ३२ औं बार्षिकोत्सवका अवसरमा आईतबार विराटनगरमा आयोजित कार्यक्रममा उपसभामुख दनुवारले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ महिला शशक्तिकरणका कारण […]

मैथिल सञ्चारकर्मी संघद्वारा ५ जना सम्मानित

विराटनगर १२ चैत । मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वद्र्धन र समाज विकासकोे क्षेत्रमा योगदान पुर्याएका पाँच जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी संघले नगद पुरस्कारसहित उनीहरुलाई सम्मान गरेको हो । मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पुर्याएको बिषयको कदर गर्दैै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा […]

विराटनगरमा तीन दिने नेपाल–भारत साहित्य महोत्सव सुरु

विराटनगर ४ चैत । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य एकाडेमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । होत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ […]

महिलालाई प्रत्यक्ष निर्वाचनमा सुरक्षित सिटको व्यवस्था हुनुपर्छ : मन्त्री राजभण्डारी

विराटनगर, २४ फागुन । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । मन्त्रालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र आरक्षण क्षेत्र निर्धारण गर्न आफ्नो दलमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो […]

पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइँदै

विराटनगर २२ फागुन । आज फागु पूर्णीमा । पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले […]