सञ्चारकर्मी सहकारीद्वारा चार पत्रकार पुरस्कृत

विराटनगर २७ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसको उपलक्ष्यमा आज चार सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ ।

संस्थाले १० हजार राशीको मीनादेवी श्रेष्ठ(रासस) महिला प्रोत्साहन पुरकार निशा दाहाल, २१ हजार राशीको मेम्वर चन्द्रलाल – दुर्गादेवी दाहाल संचार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठ, ५१ हजार राशीको ओमप्रकास गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु पोखरेल र ५१ हजार राशीको तोरेन्द्रमानसिंह– इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार सुवास ढकाललाई प्रदान गरेको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कृतहरुका सम्मान गर्दै राष्ट्रको चौथो अङ्को रुपमा सञ्चार क्षेत्रले सत्यतथ्यका आधारमा कमल चलाउन आग्रह गर्नु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीहरु सम्मानित हुनु भएकोमा वधाई दिनु भयो ।

मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सञ्चार सहकारीका अध्यक्ष दिपक दाहाल, लगायतले बोल्नु भएको थियो ।