विराटनगर २५ मंसिर । नेपाल पत्रकार महासंघको कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मंसिर २८ गते महासंघको निर्वाचन हुँदैछ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । भरत प्रेस चौतरी र प्रेस युनियन गठबन्धनको उम्मेदवार हुन् । […]
विराटनगर २३ मंसिर । तेजस्वी सहकारी संस्था विराटनगर ५ ले आयोजना गरेको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा सहकारी संस्थाको प्राङ्गणमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गर्दा ७५ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो […]
विराटनगर २२ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उम्मेदवारी परेको छ […]
विराटनगर,१८ मंसिर । बैदेशिक रोजगारमा गएका श्रमिकको क्षेत्रमा काम गर्ने नेपाल सरकारको आधिकारीक निकाय वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रेहका श्रमिकका परिवारसँग पनि अन्तरक्रिया तथा छलफल थालेको छ । सो कार्यक्रम अन्र्तगत मंगलवार बाट ३ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम विराटनगरमा शुरु भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार तथा आफन्तजनहरु को सहभागिता […]
विराटनगर १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो । प्रभातफेरिमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री लगायत सरोकारवाला […]