प्रेस चौतारी मोरङको नवौं अधिवेशन माघ १२ मा हुने

विराटनगर २५ पुस । प्रेस चौतारी नेपाल मोरङ शाखाको नवौं जिल्ला अधिवेशन आगामी माघ १२ गते हुने भएको छ । प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले माघ १२ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको सचिव शशांक पौडेलले जानकारी दिनुभयो । सचिव पौडेलका अनुसार माघ ७ गते भित्र चौतारीका सम्पूर्ण सदस्यहरुकोे […]

छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा लागू हुन सकेन : सभामुख विष्ट

विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ। आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो । बिष्टले सरकारले […]

माघ ११ देखि विराट एक्स्पो

विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । […]

शिक्षा आयोग प्रतिवेदन कार्यान्वयनको माग

विराटनगर, २० पुस । निजी विद्यालय संचालकहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अनुसार शिक्षा विधेयक ल्याउन माग गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशनमा सहभागि निजी विद्यालय संचालकहरुले निजी विद्यालयहरुलाई विना मुआब्जा ट्रष्टमा लैजाने कार्य आपत्तिजनक हुने भएकाले सरोकारवालाहरु संग छलफल गरेर मात्र शिक्षा ऐन […]

खाद्य स्वच्छता र गुणस्तरका लागि उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड

विराटनगर, २० पुस । खाद्य स्वच्छता र गुणस्तरका लागि स्वयं उपभोक्ताहरु पनि सजग र सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । खाद्य दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे जानकारी दिन शुक्रबार आयोजित अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाहरुले उपभोक्ताहरु सचेत हुन सके व्यापारीले बजारमा खाद्य गुणस्तरहिन वस्तु बेच्नै नसक्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले खाद्य स्वच्छताका लागि […]