पुष्पलालकाे स्मृतिमा एमाले विराटनगरकाे दिप प्रज्वलन

विराटनगर ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे ४७ औं स्मृति दिवसमा नेकपा एमाले विराटनगरले दिप प्रज्वलन गरेकाे छ ।

विराटनगर पुष्पलालचोक स्थित पुष्पलालको सालिकमा माल्यार्पण पनि गरिएको थियाे ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्यद्वय नरेन्द्र बस्नेत, सरस्वती खरेल, जिल्ला कमिटी सचिव सोमराज थापा, नेता महेश भट्टराई, कोशी प्रदेश सभा सांसद ललिता चौधरी, विराटनगरका १ न. वडा अध्यक्ष काजी बहादुर बस्नेत, ३ का वडाध्यक्ष बासु बस्नेत, ४ का वडाध्यक्ष जितन थापा, १९ का वडाध्यक्ष श्याम घिमिरे लगायतका जनप्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ताको व्यापक सहभागितामा सम्पन्न भएकाे महानगर सचिव विज्ञान शर्माले जानकारी    दिनुभयाे ।