माेरङ धनपालथानको धार्मिक तथा शैक्षिक अध्ययन सम्वन्धि पुस्तक सार्वजनिक

विराटनगर ७ साउन । मोरङको दक्षिण सीमावर्ती क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक अध्ययन समेटिएर तयार गरिएको पुस्तकको आज विराटनगरमा विमोचन गरिएको छ।

उक्त पालिकाको नामाकरणको ऐतिहासिक महत्व, विभिन्न जातजातिको वसोवास अवस्था , धार्मिक आस्था, शैक्षिक संस्था लगायत विषयहरुको अध्ययन गरि २४५ पृष्ठको पुस्तक प्रकासन समितिले प्रकाशित गरेको हो ।

पुस्तकमा पालिकामा रहेका १ देखि ७ नं वडाहरुमा रहेका ग्रामथान ५५, मन्दिर ६२ ,मस्जिद १५ र चर्च चार गरी जम्मा १३६ रहेका छन् । पालिकामा ३२ बटा धार्मिक तथा सामुदायिक विद्यालय रहेको पुस्तकमा उल्लेख गरिएको छ।

धनपालथान पालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले पुस्तको विमोचन गर्दै यस क्षेत्रमा वसोवास गर्ने नागरिकको जीवनस्तर उकास्न, शिक्षा, स्वास्थ्य क्षेत्रमा उनीहरुको सहज पुहुँच पु¥याउन पुस्तक उपयोग भएको बताउनु भयो ।

पालिकाकी उपाध्यक्ष नसिमा वानो ,प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडा,पुस्तक प्रकाशन समितिका सदस्यहरु यज्ञ शर्मा, रामलाल सुतिहार, श्यामसुन्दर  सुतिहार, उषा सरदार लगायतले धनपाल राजा एवं थानको महत्वको चर्चा गर्दै यस पालिकामा कुनै पनि शुभ कार्य गर्दा ग्रामथानमा गई आशिर्वाद लिनाले शुख शान्ति एवं समृद्धि हुने विश्वास रहेको चर्चा गर्नु भयो ।