आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

विराटनगर २१ भदौ । नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज आज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि […]

सीमा क्षेत्रका बालबालिकालाई मानव बेचविखन तथा ओसारपसारबारे अभिमुखीकरण

विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपाल विराटनगरले सीमा क्षेत्रका बालबालिकासँग अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यलय रानीको समन्वयमा माइती नेपालले आयोजना गरेको कार्यक्रममा सीमा नजिक रहेको विराटनगर १५ को जनविकास माविमा अध्ययनरत विद्यार्थीलाई मानव वेचविखनको वारेमा, माइती नेपालले गर्ने […]

असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने

विराटनगर २० भदौ । आगामी असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लिको आयोजनामा हुने महोत्सव असोज २३ सम्म विराटनगर हिमालय रोडमा हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरि मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको […]

खिलेश्वरी पत्रकारिता पुरस्कार पाठकलाई

विराटनगर १७ भदौ । पत्रकार सुशीला पाठकलाई खिलेश्वरी पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापीत पत्रकारिता पुरस्कार कान्तिपुर टिभीमा कार्यरत पाठकलाई प्रदान गरिएको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का […]

टिआरसी ऐनप्रति पीडित परिवारको संशय

विराटनगर १४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार प्रमाणीकरण गर्नु भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति पीडित परिवारले संशय व्यक्त गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा १४ औँ अन्तर्राष्ट्रिय बेपत्ता पार्नेविरूद्धको दिवसको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा सो संशय व्यक्त गरिएको हो । वेपत्ता परिवार समाज नेपालका केन्द्रीय अध्यक्ष रूपेश साहले हालै […]