बाँतर सरदार समाजको आयोजनामा लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम

विराटनगर १४ साउन । सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा नेपाल बाँतर सरदार समाजले आयोजना गरेको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । कटहरी–६ स्थित ढेलाखोकी टोलका युवा युवतीहरुलाई सजग गराउने उदेश्यले लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना गराएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विद्ययान्नद माझीले अहिले पनि लैंगिक हिंसा, लागु […]

समाज सेवामा लायन्स क्लवकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर १२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना कार्यक्रममा मुख्यमन्त्री कार्कीले क्लबले  समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड   दिनुभयो । मुख्यमन्त्री कार्कीले राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने […]

मोरङ रेडक्रसद्वारा जहदा गाउँपालिका र सशस्त्र प्रहरीलाई रवर वोट हस्तान्तरण

विराटनगर ७ साउन । नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि आज मोरङको जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ । मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोह बीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका […]

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

विराटनगर ६ साउन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन […]

रोम विधान अनुमोदन गर्न माग

विराटनगर २ साउन । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा गर्दै इन्सेकसहित विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत आज नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । […]