विराटनगर १५ पुस । राष्ट्रिय दलित पत्रकार संघ मोरङले तिलक नेपालीको अध्यक्षतामा ७ सदस्य जिल्ला समिति चयन गरेको छ ।
विराटनगरमा आज आयोजना गरिएको जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा सोमवार ७ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षमा यसअघि किश्वर विश्वकर्मा अध्यक्ष रहनुभएको थियो । नेपालीको अध्यक्षतामा सोमवार गठ्न गरिएको पत्रकार संघकाे उपाध्यक्ष नगेन्द्र धमला, सचिव तुलसी सरदार, सहसचिव दिपेन्द्र विश्वकर्मा, कोषाध्यक्ष अनु वराईली, सदस्यहरुमा मन्टुकुमार दास र सनम रोकालाई चयन गरिएको छ ।
दलितहरुको हक हितमा आवाज उठाउन राष्ट्रिय दलित पत्रकार संघले विगत १० वर्षदेखि काम गर्दे आईरहेको राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराईलीले बताउनुभयो ।
उहाँले नयाँ नेतृत्वले दलितका सवालमा कलम चलाउन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, मोरङ शाखाका उपाध्यक्ष सन्तोष सिग्देल लगायतले शुभकामना व्यक्तगर्नुभएको थियो ।