विराटनगर २८ भदौ । विराटनगरका शैक्षिक संस्थाहरु भोलि देखि सञ्चालनमा आउने भएका छन् । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले मोरङ जिल्लाको अवस्था सामान्य हुँदै गएकाले निषेधाज्ञा र कर्फ्यू पनि हटाईएकाले भोलिदेखि पठनपाठन शुरु गर्न सूचना जारी गरेको छ । मुलुकको विषम परिस्थितिका कारण भदौ २४ गते देखि बन्द रहेका शैक्षिक संस्था सञ्चालनका लागि सूचना जारी […]
विराटनगर, २८ भदौ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री पाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो । त्यसपछि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले यस सहरलाई राजनीतिज्ञको उर्वर भूमिका रूपमा स्थापित गर्दै प्रधानमन्त्री भएर देशलाई नेतृत्व दिनुभएको थियो । मुलुकको पहिलो […]
विराटनगर २८ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा शुक्रबारै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद् विघटनको सिफारिस स्वीकृत गरेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति समेत तोक्नु भएको छ । भदौ […]
विराटनगर २४ भदौ । जेनजी पुस्ताले चर्काएको आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीले आज मोरङका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन् । प्रर्दशन सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएपछि उनीहरुले कोशी प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कार्यालय परिसरमा रहेका सवारी साधन, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, उच्च अदालत […]
विराटनगर २४ भदौ । जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट भएको दमन भएको भन्दै मोरङका जनप्रतिनिधि तथा पार्टीका नेताहरुले पार्टी परित्यागको घोषणा शुरु गरेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश कमिटी सदस्य विमला दाहाल घिमिरे, बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले पार्टी […]