कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानीसेवा शुरु

विराटनगर २४ साउन । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानी सेवा शुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शुक्रबार सेवाको शुभारम्भ गर्नुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी (क्यूआर) सेवा शुभारम्भ भएको हो । मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर सेवको […]

आज रक्षा बन्धन

विराटनगर २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण […]

बजार अनुगमनलाई तिव्रता दिन सरोकारवालाहरुको सुझाव

विराटनगर, २४ साउन । नजिकै आउँदै गरेको चाडवाडमा उपभोक्ताहरु तौल, मूल्य वृद्धि तथा उपभोग्य सामाग्रीको अभावबाट ठगिने कार्यलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित चाडपर्व लक्षित कालोबजारी नियन्त्रण एवं बजार अनुगमन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले म्याद सकिएका उपयोग्य सामाग्री तथा औषधिहरु […]

सुविधासम्पन्न भवनवाट आशिर्वाद डेन्टल हस्पिटलको सेवा सुरु

विराटनगर, २४ साउन । आशिर्वाद डेन्टल हस्पिटल विराटनगरले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चालीबाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । उहाँले दन्तपरिक्षण देखि परामर्श सेवा […]

सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता, गैर सरकारी विधेयक अस्वीकृत

विराटनगर २२ साउन । कोशी प्रदेश सरकारले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामामा दर्ता गरेको छ । कोशी प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने उद्देश्यले विधेयक सरकारले अघि बढाएको हो । भाषा आयोगको सिफारिका आधारमा कोशी प्रदेशमा बहुसंख्यक जनताले बोल्ने मैथिली भाषा र लिम्बु भाषालाई सरकारी कामकाजको […]