पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी सकियो : आयोग

विराटनगर, १५ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामाग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका […]

एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता

विराटनगर, १५ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ । उम्मेदवार […]

बालक हत्याको आरोपमा उर्लाबारीबाट ५ जना पक्राउ

विराटनगर, १४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छुरा प्रहार गरेर बालकको हत्या गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ । छठ हेर्न खोलामा पुगेका बेला झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो । हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]

उम्मदेवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्म जुलुस, आमसभा गर्न आयोगको स्वीकृति

विराटनगर, १४ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले १७ कात्तिकदेखि १ मंसिरसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । उम्मेदवारले निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न सक्ने आयोगले बताएको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको […]

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

विराटनगर, १३ कात्तिक । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नेपालको तराई मधेशका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, […]