लुम्बिनीमा सारस संरक्षण परियोजना सुरु

लुम्बिनी, १४ वैशाख । दुर्लभ पंक्षी सारस क्रेनको प्रमुख बासस्थान मानिएको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा यो पक्षीको संरक्षणका लागि एक परियोजना सुरु गरिएको छ । १० दिन सम्म सञ्चालन हुने उक्त परियोजनाको लुम्बिनीमा वुधबार अभिमुखीकरण र कार्यशाला गोष्ठि गरेर आरम्भ गरिएको छ । संरक्षित पंक्षी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्यांक यकिन गर्ने, यसको बास स्थानको […]

ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ :गृहमन्त्री श्रेष्ठ

काठमाण्डौं १३ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरुले ढुंगामुढा गरेका बताउनुभयो । उहाँले सो घटना हुनु दुखद् भएको भन्दै […]

मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : कोइराला

विराटनगर १३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताउनुभयो । “यी सबै अराजकताबाट बाहिर […]

एवीसी नेपाल प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित

विराटनगर ११ वैशाख । कोशी प्रदेशका तीन जिल्लामा भएका महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित भएका छन् । एवीसी नेपालले स्वीस सरकार र नर्वेजियन राजदुतावास तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा मोरङ, उदयपुर र ओखलढुङ्गामा सञ्चालित लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत जुलाइ २०२१ देखी डिसेम्वर […]

एवीसी नेपालद्धारा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यबारे अन्तरक्रिया

विराटनगर १२ वैशाख । एवीसी नेपाल विराटनगरले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत आज सरोकारवालासित छलफल कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकामा भएको छलफल कार्यक्रममा एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिक मैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उहाँको […]