विराटनगर विमानस्थलमा कांग्रेस सभापति देउवाले भने ‘अहिले केही बोल्दिन, जवाफै दिन्न’

विराटनगर ६ साउन । विराटनगर विमानस्थलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

सुनसरीको इनरुवामा जिल्ला सम्मेलनमा सहभागी हुन विराटनगर विमानस्थल हुँदै देउवा आएका हुन । पछिल्लो राजनीतिक घटनाक्रम लगायतबारे पार्टी सभापति देउवासँग प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीलाई कुनै जवाफ नदिई इनरुवा तर्फ लागेका थिए ।

पार्टी सभापतिलाई विमानस्थलमा स्वागत गर्नका लागि मन्त्री, नेतादेखि कार्यकर्ताको ठूलो उपस्थिती रहेको थियो । बुद्ध एयरबाट विराटनगर आएका उनी विमानस्थलको भीआइपी कक्षमा केहीबेर बसेर इनरुवा लागेका हुन । कक्षभित्र नेता कार्यकर्तालाई भेट गरेपछि पत्रकारसंग राजनीतिक विषयमा कुरा गर्न अनिच्छुक देखिए ।

विमानस्थलबाट बाहिरिदै गर्दा पत्रकारले राखेको संवैधानिक परिषदको बैठक कहिले राख्ने भन्ने प्रश्नमा उनले संक्षिप्त रुपमा भने, ‘अहिले केही बोल्दिन । जवाफै दिन्न म के ।’