माेरङ ग्रामथानकाे अध्यक्ष पदका लागि मतदान शुरू

विराटनगर १६ मंसिर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदका लागि मतदान शुरू भएकाे छ । निर्धारित समय विहान ७ वजेदेखि नै ग्रामथानका सवै केन्द्रहरूमा मतदान शुरू भएकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिनुभयाे । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्र सहित १६ जना प्रतिष्पर्धामा रहेका छन् । अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलसीराम विश्वास, […]

स्थानीय तह उपनिर्वाचन आज, कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि ७१ जना प्रतिष्पर्धामा

विराटनगर १६ मंसिर । स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि मतदान हुने छ । विहान ७ वजेदेखि साँझ ५ वजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशका एक अध्यक्ष सहित ८ पदका लागि ७१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । मोरङको […]

क्यान माेरङकाे अध्यक्षमा सुमित

विराटनगर १५ मंसिर । कम्प्युटर एसोसियशन महासङ्घ नेपाल (क्यान) जिल्ला शाखा मोरङको सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा सुमितकुमार साह चयन हुनुभएको छ । क्यान जिल्ला शाखा मोरङको शनिबार दिउसो सम्पन्न सातौ जिल्ला सम्मेलन तथा चौथो जिल्ला अधिवेशनले साहलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। समितिको उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप […]

डा. तुम्बाहाङफेद्धारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तक अनुसन्धानमुलक

विराटनगर १५ मंसिर । प्रतिनिधि सभा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङफेद्धारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताएका छन् । वि.स. २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको शनिबार विराटनगरमा समीक्षा गरिएको थियो । वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोश्रो […]

हात्तीपाईले रोग पीडितका लागि ‘स्वहेरचाह’ प्रभावकारी

नेत्र पी अधिकारी विराटनगर १६ मंसिर । मोरङ रंगेलीकी ४८ बर्षीया एक महिला हात्तीपाईले रोगका कारण पीडित भएको २० वर्ष भयो । हात्तीपाईलेका कारण उनको दैनिकी नै प्रभावित बनेको छ । हिँडडुलमा समस्या हुँदै आएको छ । सहजरुपमा घर, करेसाबारीको काम गर्न सक्दिनन् । हात्तीपाईलेका कारण कष्टपूर्ण जीवन विताईरहेकी उनका लागि पछिल्ला वर्षहरु विगत भन्दा […]