विराटनगर महानगरद्वारा पेट्रोलपम्पका शौचालय प्रयोगका विषयमा छलफल

विराटनगर, ९ भदौ । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए […]

राजनीतिमा महिला सहभागिता बढाउन माग

विराटनगर, ७ भदौ । राजनीतिमा महिलाको सहभागिता बढाउन बाध्यकारी कानुन नै आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजनामा मंगलबार विराटनगरमा भएको महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन महिलाको राजनीतिक सहभागिता र सशक्तिकरणको लागि राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाध्यकारी कानुन नबनाएसम्म महिलाको सहभागिता […]

विराटनगर सुपर किङ्सले फ्रेन्चाइज क्रिकेट लिग खेल्ने

विराटनगर, ७ भदौ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट लिगमा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ । आगामी सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो । प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । […]

बालबालिकाले गरे विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

विराटनगर, ७ भदौ । विराटनगर १० को गणेश वाचानालय मार्गस्थित विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका विपन्न समुदायका ३१ जना बालबालिकालाई सोमबार विराटनगरमा शैक्षिक सामग्री वितरण गरिएको छ।विराटनगर १३ कोसी पोजेक्टस्थित देवकोटा पब्लिक सेकेण्डरी बोर्डिङ स्कुलका बालबालिकाहरूले विपन्न समुदायका बालबालिका मात्र पढ्ने विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका बालबालिकाहरूलाई उनीहरू पढ्ने स्कुलमै पुगेर शैक्षिक सामग्री वितरण गरेका […]

विराटनगरमा भव्य रुपमा निकालियो रथयात्रा

विराटनगर, ४ भदौ । विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ । गएका दुई संस्करण कोरोना महामारीका कारण हुन सकेको थिएन । दुई वर्षपछि निकालिएको रथयात्रामा उल्लेख्य सहभागिता रहेको छ । विराटनगर १ राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो साढे ३ वजे निकालिएको रथयात्राले ९ किलोमिटर दुरी पारगर्दै सोही स्थानमा पुगेर समापन हुनेछ । यसअघि […]