कोशी प्रदेश सरकार अब फेरवदल हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर ४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार अव फेरबदल नहुने बताउनु भएको छ । आज नवनियुक्त मन्त्रीहरुको सपथग्रहण पछि सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले अवको पुरै अवधि जाने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ फागुनमा बनेको नयाँ शक्ति सन्तुलन अब टुट्दैन ।’ गत वैशाख २७ गते नियुक्त मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले जनताले अनुभूति […]

विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगी

विराटनगर ५ वैशाख । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै […]

केयुको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै

काठमाडौं ४ वैशाख । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’शीर्षकमा विश्वविद्यालयको स्कुलअफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा आगामी जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँदिल्ली, भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनु […]

कोशी चलचित्र महोत्सव जेठ ६ देखि

विराटनगर ३ जेठ । कोशी चलचित्र महोत्सव आगामी जेठ ६ गतेदेखि हुने भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा जेठ ६ देखि ११ गते सम्म महोत्सव हुने भएको हो । कोशी प्रदेशमा निर्माण भएका चलचित्रहरुमा कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी बृद्धि एवं […]

पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका बाह्र स्थानीय तहमा कानूनको व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने

विराटनगर २ जेठ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका छ, झापाका पाँच र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । […]