विराटनगर, ३० बैशाख । वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले अहिले पनि सामाजिक लाञ्छना व्यहोर्नु परिरहेकोले समाजमा पुनस्र्थापना गराउन सोच परिवर्तन र समाज रुपान्तरणको आवश्यकता रहेको धारणा राखेका छन् ।
आज विराटनगरमा ओरेक नेपालले आयोजना गरेको श्रम अधिकार र पुनः एकिकरणमा देखिएको चुनौती विषयक अन्तक्रिर्या कार्यक्रममा वोल्दै सहभागिहरुले विदेशमा घरेलु कामदारका रुपमा काम गरेर आर्थिक रुपमा केही सम्पन्नता आएपनि समाज र व्यक्तिको नजर परिवर्तन नहुँदा समस्या भोग्नुपरेको बताएका छन । उनिहरुले आधुनिक युगमा पनि महिलाहरु माथि हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा समाजमा पुनस्र्थापना गर्न गाह्रो भईरहेको बताउनुभयो ।
हाम्रो समाजले विदेशमा काम गरेर फर्किएका पुरुषहरुलाई सहजै पुनस्र्थापना गर्न सक्छ स्वीकार्न सक्छ तर महिलाहरुलाई भने त्यति सजिलै नस्वीकार्ने भएका कारण समस्या सृजना हुने गरेको छ । सो कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कोशी प्रदेश संयोजक पवन कुमार भट्टले सीप र क्षमता विना वैदेशिक रोजगारमा पठाउदा महिलाहरुले विभिन्न शोषणको शिकार बन्नु परिरहेको र यसका लागि स्वदेशमा नै रोजगारको वातावरण बनाउनु पर्ने बताए । उनले जुन देशमा जानेहो त्यो देशको भाषा र सिपको दक्षता हुनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा मोरङ र सुनसरीका विदेशबाट फर्केका महिलाहरुका साथै विभिन्न अधिकारकर्मी संघ संगठनका प्रतिनिधिहरु, ट्रेड युनियन प्रतिनिधि र पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुले आफुले भोगेका भोगाइहरु पिडाहरु साथै अहिले के गरिरहेका छन् भन्ने विषयमा खुलेर छलफल गरेका थिए ।