सङ्घीयता कार्यान्वयनमा पिआईएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर, २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआईएस पार्टल महत्वपूर्ण कार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय कितावखाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआईएस पोर्टल हस्तान्तरण कार्यक्रममा उहाँले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीहरुको मनोबल उच्च भएको धारणा राख्नु भयो […]

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेलाई निरन्तरता दिन उच्च अदालतको आदेश

विराटनगर २३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई निरन्तरता दिन उच्च अदालत विराटनगरले आदेश दिएको छ । अदालतका उप–रजिष्ट्रार मणिराम पोखरेलले सोमबार न्यायाधीश कृष्ण कमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले सदस्यसचिव वाग्लेलाई अल्पकालिन अन्तरिम आदेश जारी गर्दै काम गर्न बाटो खुला गरेको जानकारी दिए । प्रदेश सरकारले गत जेठ ३ […]

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शिक्षा लागू गर्नुपर्नेमा जोड

विराटनगर २१ जेठ । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता शिक्षा लागू गर्ने तयारी गरेको छ । महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लागि विषयविज्ञसित छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब […]

कोशी प्रदेश स्काउट संरक्षक र प्रमुख स्काउटको दीक्षान्त

विराटनगर २१ जेठ । प्रदेश स्काउट कार्यालय कोशी प्रदेशले कोशी प्रदेश स्काउट संरक्षक र प्रदेश प्रमुख स्काउटको पद तथा गोपनियताको सपथ ग्रहण र दीक्षान्त कार्यक्रम गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्की र सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट बुद्धिकुमार राजभण्डारीको शनिबार पद तथा गोपनियताको सपथग्रहण एवं दिक्षान्त कार्यक्रम […]

महिला तथा बालबालिकाका विषय कम प्राथमिकतामा परे : उपसभामुख दनुवार

विराटनगर, २० जेठ । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले महिला तथा बालबालिकाका विषय कम प्राथमिकतामा पर्ने गरेको बताउनु भएको छ । नीति निर्माताको ध्यान विकास निर्माणमा मात्र पर्ने गरेको उहाँले गुनासो गर्नुभयो । प्लान नेपाल इन्टरनेशनल र संसदीय पत्रकार मञ्च कोशी प्रदेशसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको कोशी […]