विराटनगर ४ पुस । सुनसरीको बर्जु २ मा फिजियोथेरापी सेवा शुरु भएको छ । सीतागञ्ज स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागतमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय स्तरमै निशुल्क रुपमा फिजियोथेरापी सेवा शुरु गरिएको बताईएको […]
विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो […]
विराटनगर, ३ पुस । प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाउनुभएको छ । मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका […]
विराटनगर ३ पुस । विराटनगर ८ का २४१ जनाको आँखा परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आयोजना गरेको नि : शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ७२ जनामा मोतियाविन्दु देखिएको छ । मोतिया विन्दु देखिएका वडावासीहरुको तेज कोहली एण्ड […]
विराटनगर १ पुस । मानव बेचविखन नियन्त्रणका लागि माईती नेपाल विराटनगरले सीमा क्षेत्रका सवारी चालकलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरको वोर्डर एरियामा सार्वजनिक सवारी साधन चालाउने चालकहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम माइती नेपालको कार्यालयमा गरिएको थियो । विराटनगर वोर्डर क्षेत्रमा सार्वजनिक सवारी साधान सिटी सफारी चालक, ओटो चालक र भ्यान चालकहरुलाई मानव वेचविखन तथा […]