विराटनगर ६ साउन । मोरङको बुढीगंगमा तीनमहिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ । नेपाल ग्रामिण महिला विकास केन्द्रको आयोजना तथा राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
शनिबार सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै राजसति महिला बहुउदेश्यीय सहकारी संस्थाकी कार्यबाहक अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि गिता देवी विष्टले सहकारी जन्माउने मातृ संस्था नै नेपाल ग्रामिण महिलाविकास केन्द्र भएकाले केन्द्रसँग सहकार्य गरेर महिलाहरुलाई तालिम प्रदान गरिएको बताईन ।
उनले महिलाहरुको नेतृत्व विकास र सिप विकासमा सहकारीले काम गरिरहेको जानकारी दिईन । महिलाहरुलाई अगाडि बढाउने उदेश्यले स्थापना भएको केन्द्रले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्नसिपहरु सञ्चालन गरिरहेकाले सहकारीले पनि सहकार्य गरेको उनको भनाई छ । दुवैको उदेश्य मिलेकाले पनिकाम गर्न सहजभएको उनले बताईन ।
विष्टले तालिम मासिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन । “सहकारीका सदस्यको पैसा तपाईमालगानी गरेका छौं”, उनले भनिन्, “पक्कै पनि तपाईहरुमा गरेको लगानी खेर जाने छैन ।”
नेपाल ग्रामिण महिला विकास केन्द्रकी अध्यक्ष तुलसा विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा केन्द्रका सल्लाहाकार राजन केसीले केन्द्रले महिलाहरुलाई नेतृत्वतह सम्म पुरयाएको बताए । उनले भने, “तारादेवी राई सासंसद हुनुभयो । अन्य महिला दिदि बहिनीपनि विभिन्न संघ संस्थाको नेतृत्व गरिरहनु भएको छ । केहीमहिला दिदिबहिनीहरु व्यवसायिक रुपमा सफल भएर आर्थिक रुपमा सक्षम हुनुभएको छ । यो संस्थाकै देन हो ।”
केन्द्रको स्थापना देखि नै संस्थालाई अगाडि बढाउन आफुहरुले गरेको मेहनत अनुसार प्रतिफल पनि प्राप्तभएको उनले बताए । तालिम लिएका सहभागिप्रति लक्षित गर्दै उनले प्रमाण पत्र सिरानीमा नराखी व्यवसायिक यात्रा अगाडि बढाउन सुझाव समेत दिए । संस्थाले गरेको लगानीको प्रतिफलनिकाल्नउनले तालिममा सहभागिहरुलाई आग्रह गरे ।
तालिम बैशाख १० गतेदेखि सुरु भएको थियो भने शनिबार अर्थात साउन ५ गते समापनगरिएको थियो । तालिममा १७ जनामहिलाहरुको सहभागिता रहेको थियो । सुरुमा आधाभूत तालिम दिएर अनि एडभान्स तालिम दिईएको संस्थाकी सचिव लक्ष्मी कार्कीले जानकारी दिईन । तालिम दिईने मात्र भन्दानी सहभागिलाई सिपसिकेर व्यवसाय गर्न सक्ने बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको पनि उनले बताईन । तीन महिलासम्म सञ्चालन भएको तालिमको सहजिकरण धर्म कुमारी थापाले गरेकी थिईन ।
तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई ग्रामिण महिला विकास केन्द्रकी कोषाध्यक्ष मुना वाग्लेले गरेकी थिईन । कार्यक्रममा महिला विकास केन्द्रका पदाधिकारी तथा सदस्यहरु, सहकारीका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।