मोरङ रेडक्रसद्वारा जहदा गाउँपालिका र सशस्त्र प्रहरीलाई रवर वोट हस्तान्तरण

विराटनगर ७ साउन । नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि आज मोरङको जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोह बीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका नायव प्रहरी उपरीक्षक बीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गर्नु भयो । मोरङको केरावारी गाउँपालिका देखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकहरुलाई वढीको समयमा उद्धारका लागि उक्त सामाग्री उपयोगी हुने बताइएको छ ।

जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले जनधनको उद्धारमा सामाग्री उपयोगी हुने विचार राख्नुभयो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र संजय कामतले विपदको समयमा नागरिकको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

सोही अवसरमा पालिकाका कर्मचारीहरुलाई रवर वोट सञ्चालन सम्बन्धी तालीम तथा अभ्यास गराइएको थियो ।