विराटनगर ५ माघ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार र वाल यौन शोषण विरुद्ध सेवाप्रदायकहरुको क्षमताअभिबृद्धि गर्ने विषयमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा मानव बेचबिखनको बदलिदो स्वरुपबारे छलफल गरिएको छ । विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु, सदस्यहरु, गैसस, राष्ट्रिय मानवअधिकार आयोग, इलाका प्रहरी कार्यलय, सशस्त्र प्रहरी कार्यलय रानी, राष्ट्रिय बाल अधिकार परिषद, वालवालिका खोजतलास […]
विराटनगर ५ माघ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । आज नेकपा माओवादी केन्द्र लेटाङले तालाबन्दी गरेको हो । नगरप्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले तालाबन्दी गरेको छ । लेटाङ–४ मा शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माणको काम सुरुवात भएको थियो । […]
विराटनगर ५ माघ । कोशी प्रदेशमा सरकार परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रमहरु परिवर्तन हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारको नेतृत्व परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रम परिवर्तन भईरहनु राम्रो नभएको उनीहरुको भनाई छ । प्रदेश सरकारले छुट्टै स्वास्थ्य नीति नबनाएका कारण पनि समस्या भईरहेको उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले विहीबार विराटनगरमा […]
विराटनगर ४ माघ । ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका गर्भवती महिलालाई अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित निजी अस्पतालले आजदेखि ‘छोरी बचाऊ ,आमा बचाऊ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित पारस मल्टीस्पिसियालिटी अस्पतालाले आफ्नो खर्चमा छोरी बचाऊ अभियान अन्तर्गत सञ्चालित सो कार्यक्रममा गर्भवती महिलालाई निःशुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै […]
विराटनगर ४ माघ । विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको […]