एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]

तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त कार्यालयको मुख्यमन्त्री कार्कीद्धारा अनुगमन, ४२ वटा कार्यालय र २३७ वटा सवारीमा क्षति

विराटनगर ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय […]

जनादेशका लागि निर्वाचनमा जान दलहरु तयार

विराटनगर ३१ भदौ । प्रतिनिधिसभा विघटनपछि आन्तरिक छलफलमा रहेका दलहरूले निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरण भए जनादेशका लागि जान तयार रहेको बताएका छन् । उनीहरूले घोषित समयमा निर्वाचन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर यस विषयमा पार्टीबाट निर्णय गर्न भने बाँकी छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पछिल्लो समय कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक […]

क्षति भएका मोरङका सरकारी कार्यालयहरुको पुनः निर्माण गरिने

विराटनगर ३१ भदौ । जिल्ला विपद् व्यवस्थापन समितिको आजको बैठकले भदौ २४ गतेको जेन जि का आन्दोलनक्रममा भएको क्षति भएका जिल्लास्थित सरकारी तथा स्थानीय पालिकाको कार्यालयहरुको पुननिर्माण गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित उक्त बैठकमा भदौ २४ गते भएको तोडफोड एवं आगजनीबाट क्षति भएका कार्यालयहरुको पुननिर्माण गर्न सार्वजनिक खरीद ऐन २०६३ […]

आगलागी तथा तोडफोड भएका कार्यालयको दैनिक सफाई गर्दै स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल

विराटनगर २८ भदौ । जेनजी आन्दोलनका कारण आगलागी तथा तोडफोड भएका कार्यालयको दैनिक सरसफाई स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले गर्दै आएको छ । विराटनगरको मध्य क्षेत्रको फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको सो संस्थाले अहिले मध्य क्षेत्र अन्तरगतका कार्यालयहरुको सरसफाईमा जुटेको छ । विहान ७ वजेदेखि साँझ सम्म कर्मचारीहरु सरसफाईमा खटिएको स्वास्थ्य र शान्तिका लागि […]