अन्तराष्ट्रिय बालअधिकार दिवसमा सार्वजनिक सवारी साधनमा ‘२ मिनेट’ कार्यक्रम

विराटनगर ५ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सुनसरीको इटहरीमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम गरिएको छ । सार्वजनिक सवारीका साधनमा २ मिनेट कार्यक्रम अन्तरगत यातायातमा यात्रा गर्ने यात्रीहरुलाई बालबालिका खोजतलास नं. १०४ र बालहेल्पलाईन नं. १०९८ को वारेमा जानकारी गराईएको थियो भने विभिन्न प्रचार सामग्रीहरुको वितरण गरिएको थियो । कार्यक्रममा १ सय वटा  […]

पूवि र हेल्भेटासबीच सम्झौता : शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोडिने

विराटनगर ५ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र हेल्भेटास नेपालबीच शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोड्ने उद्देश्यसहित सम्झौता गरिएको छ । सम्झौताले विश्वविद्यालयका बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे (एपीएस ) उपकरण समावेश गर्दै विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताउनुभयो । उहाँले […]

मोरङ ग्रामथानको अध्यक्षमा १६ जनाकै उम्मेदवारी कायम

विराटनगर ५ मंसिर । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले विहान १० देखि दिउँसो १ बजे  सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेपनि कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका हुन । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको […]

मोरङको बुढीगंगाबाट एक बाल श्रमिकको उद्धार

विराटनगर ५ मंसिर । मोरङको बुढीगंगाबाट एक बालश्रमिकको उद्धार गरिएको छ । बुढीगंगा १ मा सञ्चालित एक होटलमा १६ वर्षिया बालिकालाई श्रममा लगाई अवैध गतिविधि गरेको सूचनाका आधारमा मंगलबार राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, बुढिगंगा गाउँपालिका स्थानीय बालअधिकार समिति, ईलाका प्रहरी कार्यालय नेमुवा, बालहेल्पलाईन सेवा १०९८ ले बालिकाको संयुक्त […]

विराटनगर किंग्सद्वारा जर्सी सार्वजनिक

विराटनगर ४ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सले आज साँझ जर्सी सार्वजनिक गरेकाे छ । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जर्सी सार्वजनिक गर्नु भएकाे हाे । उहाँले क्रिकेट विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेकाे बताउनुभयाे । विराटनगर […]