
विराटनगर २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई संवोधन गर्नु हुने भएको छ ।
दिउँसो २ वजे प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई संवोधन गर्ने कार्यसूची तय भएको कार्यवाहक प्रदेश सचिव गौतमराम अमात्यले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीको संवोधनका लागि आवस्यक तयारी पुरा भएको जानकारी दिनुभयो ।
यसअघि प्रदेशसभाको पहिलो कार्यकाल २०७५ जेठ २६ मा पनि प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्नुभएको थियो ।
प्रदेश सभालाई संवोधन गर्नु अघि प्रधानमन्त्री ओली मंगलबार विहान १० वजे पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा सहभागि हुन विश्वविद्यालय परिसर गोठगाउँ जाने कार्यक्रम छ ।