विराटनगर ४ काे लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाहिक ब्रम्हायज्ञ आयोजना हुने

विराटनगर २६ फागुन । विराटनगर ४ स्थित लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाहिक ब्रम्हायज्ञ आयोजना हुने भएको छ ।

आगामी चैत १ देखि ५ गते सम्म त्रिदण्डी श्रीमन्नारायण चिन्न जीयर स्वामीको उपस्थितिमा ब्रम्हायज्ञ हुने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष देवराज सुवेदीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अहिलेको आध्यात्मिक समाजमा स्वामीजीका कामहरू वैभव प्रसिद्ध रहेकाे र यस्ता सन्त शिरोमणिको विराटनगरमा आगमन हुँदैछ।

यज्ञमा चैत ३ गते आइतबारका दिन सामूहिक उपनयनको समेत आयोजना हुने भएको छ। व्यवस्थापन समितिका अनुसार यज्ञमा १०० जना सम्मको उपनयनको लक्ष्य राखिएको छ।

साे समारोहमा सामेल हुन इच्छुक व्यक्तिले मन्दिरका व्यवस्थापन समितिसँग सम्पर्क राख्नुहुन सुवेदीले आग्रह गर्नुभयाे ।

साे अवसरमा मन्दिरमा श्रीकृष्ण जन्माष्टमी, रामनवमी नृसिंह जयन्ती, तिरुमञ्जन धनुर्मास महोत्सव र ब्रह्मोत्सव लगायत पर्वहरूमा विशेष उत्सवहरू मनाइने बताइएकाे छ ।

मन्दिरले वृद्धवृद्धा सेवा लगायत विद्यार्थी बटुकहरुलाई समेत आवास भोजन र अध्ययनको समेत प्रवन्ध गर्दै आइरहेको छ।

२०४३ सालमा स्थापना गरिएको मन्दिर २०७५ सालमा पूर्ण रूपमा निर्माण सम्पन्न भएको हो ।

प्रशिक्षार्थी पत्रकार