आ.व. २०८१–०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

विराटनगर १५ जेठ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१–८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ […]

नीति तथा कार्यक्रम रोकिदैन : मुख्यमन्त्री कार्की

विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ । नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि […]

१७ औं गणतन्त्र दिवस मनाईयो

विराटनगर १५ जेठ । कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी, कोण सभा र सरसफाईको आयोजना गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष विराटनगरबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, वस पार्क एवं महेन्द्र चोक पुगी कोण सभामा परिणत भएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी,विभिन्न […]

विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने

विराटनगर, १५ जेठ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला शुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]

साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न, ३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत

काठमाडौं, १३ जेठ । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा यही आइतबार आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो । सङ्गोष्ठीमा अमेरिकाको […]