भोजपुरमा आगलागी हुँदा जलेर ७ घर ध्वस्त

विराटनगर ४ चैत । भोजपुरको भोजपुर नगरपालिका–१२ पारपानीमा सोमबार अपरान्ह आज आगलागी भएको छ । सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेको छ । वनबाट बस्ती छिरेको आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन् ।

कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । भोजपुर प्रहरी प्रमुख डीएसपी युवाराज तिमिल्सिनाका अनुसार अपरान्ह १२ बजेतिर आगो बस्तीमा पसेको थियो ।

हावाहुरीका कारण नियन्त्रणमा समस्या भएको र आगोले ठूलो क्षति पुर्याएको जानकारी उहाँले दिनुभयो ।