लोकगायक एलपी जोशीको निधन

विराटनगर ११ साउन । लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा विहीबार साँझ निधन भएको छ । झापा विर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा निधन भएको परिवार स्रोतले जनाएको छ । वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनु भएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । २०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । […]

मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्गको क्षेत्राधिकार अधिकतम २० मिटर तोक्न प्रधानमन्त्री ओली समक्ष आग्रह

विराटनगर १० साउन । मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्ग सञ्चालनमा देखिएका समस्या र खोर्साने केराबारी– सिंहदेवि सडक निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा सो क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य घनस्याम खतिवडाको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाको […]

शिक्षादीप कलेजद्धारा व्यवस्थापन र होटल म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर ९ साउन । शिक्षादीप कलेज विराटनगरले व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति […]

सरकार नागरिकको सुरक्षाप्रति सम्वेदनशील : मन्त्री अधिकारी

विराटनगर ९ साउन । मोरङको सुनबर्सी नगरपालिका १ केचनामा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ । भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागु पदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयबासीको भनाई रहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले भाडा घरमा रहेको चौकीको उद्घाटन गर्दै सरकार नागरिकको सुरक्षाप्रति सम्बेदनशील […]

कोशी प्रदेश : ४६३ जनाको सुरक्षामा एक प्रहरी

विराटनगर ८ साउन । राष्ट्रिय जनगणना २०७८ अनुशार कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । सो जनसंख्यालाई सुरक्षा दिने प्रहरीको संख्या प्रदेशभर १० हजार ३२ छ । प्रदेशको दरबन्दी १० हजार ७१७ हो । दरबन्दी अनुसार ६८५ जनशक्ति अभाव रहेको कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । आर्थिक वर्ष […]