अष्ट्रेलियाको (तास्मानिया) १२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको तास्मानिया राज्य महिला संयोजकमा सृजा पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ । हालै सम्पन्न चुनावमा तास्मानिया राज्यबाट महिला संयोजक पदमा सृजा निर्विरोध निर्वाचित हुनु भएको हो । नेपाली समुदायको प्रतिनिधित्व गर्दै उहाँ यो पदमा पुग्ने पहिलो महिला हो । सक्रिय सामाजिक योगदान र समुदायप्रति उत्तरदायित्वका […]
विराटनगर, १२ साउन । कोशी प्रदेशमा डेङ्गु संक्रमण बढ्दै गएको छ । १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा ३ हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि […]
विराटनगर, १२ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा कोशी प्रदेश सभाका चार जना सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो । सो सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीहरुको उचित व्यवस्थापन […]
विराटनगर १२ साउन । नेपाल ग्रासरुट क्रिकेट महोत्सव २०८२ विराटनगर–६ स्थित मेरीलेबोन ज्वालाक्रिकेट मैदानमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा पहिलो पटक मेरीलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्यमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा कार्यक्रम सम्पन्न भएको हो । महोत्सवको उद्देश्य कोशी र मधेश […]
विराटनगर, ११ साउन । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज स्कुल अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले आज विराटनगरमा स्वागत एवं विदाई कार्यक्रमको आयोजना गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले कार्यक्रमको उद्घाटन गर्दै इन्जिनियरिङ्ग कलेजका विद्र्याीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्राविधिक ज्ञान र दक्ष शिपयुक्त निर्माणले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको वताउनुभयो । उहाँले कलेज स्थापना पश्चात २० हजार […]