कोशी प्रदेशका ६ वटा स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

विराटनगर १९ असोज । गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित कोशी प्रदेशका ६ वटा स्थानीय तह सहित देशभरका तीन दर्जनभन्दा बढी पालिकालाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सरकारले कोशी प्रदेश अन्र्तगत पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित गरेको हो […]

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरी मनाइँदै

विराटनगर १९ असोज । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरी मनाइँदैछ । चन्द्रघण्टादेवी दुर्गा भवानीको तेस्रो स्वरुपको रूपमा पुजिन्छ । चन्द्रघण्टा देवीलाई माता पार्वतीको सौन्दर्यका रुपमा पनि बुझिन्छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो […]

कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु, चारवटा समिति गठन

विराटनगर १८ असोज । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको छ । शुक्रबार […]

विराटनगरका १७ वटा बालविकास केन्द्र सामुदायिक विद्यालयमा गाभिए

विराटनगर १८ असोज । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरको शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाएको छ । समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको […]

‘कण’को अध्यक्षमा दिप

बेलबारी १८ असोज । कण लघुकथा मञ्च, बेलबारी, मोरङको प्रथम साधारण सभाले दिपकुमार मङ्ग्रातीलाई अध्यक्षतामा निर्वाचित गरेको छ । कोशी प्रदेशकाले मात्र साधारण सदस्य तथा देशभरका लघुकथाकार/साहित्यकारहरूले आजीवन सदस्य बन्न पाउने व्यवस्था रहेको मञ्चको उपाध्यक्षमा उमा सिजापती, सचिवमा शारदा दहाल भण्डारी, सहसचिवमा पवित्रा सापकोटा र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा विष्णु भण्डारी आचार्य, […]