कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरु सम्मानित

विराटनगर २२ असोज । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मानित गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को प्रदेश स्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठिका अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मानित गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको विभिन्न मापदण्डका आधारमा जिल्ला अस्पताल भोजपुर प्रथम भएको […]

विराटनगर महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ

विराटगगर २२ असोज । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताउनुभयो […]

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण

विराटगगर २२ असोज । विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । मंगलबार […]

१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण

विराटनगर २२ असोज । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले तीन दिने निःशुल्क आँखा शिविर शुरु गरेको छ । प्रत्येक वर्ष अक्टोबर महिनाको दोश्रो विहीबार विश्वभर मनाईने विश्व दृष्टि दिवसको अवसरमा असोज २१ देखि २३ गते सम्म अस्पतालमा १६ वर्षभन्दा मुनीका बालबालिकाका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको आज अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको […]

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर, २१ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् […]