
अष्ट्रेलियाको (तास्मानिया) १२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको तास्मानिया राज्य महिला संयोजकमा सृजा पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ ।
हालै सम्पन्न चुनावमा तास्मानिया राज्यबाट महिला संयोजक पदमा सृजा निर्विरोध निर्वाचित हुनु भएको हो । नेपाली समुदायको प्रतिनिधित्व गर्दै उहाँ यो पदमा पुग्ने पहिलो महिला हो ।
सक्रिय सामाजिक योगदान र समुदायप्रति उत्तरदायित्वका साथ लामो समयदेखि काम गर्दै आएकी सृजाले तास्मानियास्थित नेपाली महिलाहरूको आवाज बुलन्द गर्ने अवसर पाएकी छन्। निर्विरोध निर्वाचित हुनु आफैँमा समुदायको विश्वास र समर्थनको स्पष्ट संकेत हो ।
उनको नेतृत्वमा महिला सशक्तीकरण, आपसी एकता र नेपाली संस्कृति संरक्षणलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।