विराटनगर ८ साउन । माईती नेपाल विराटनगरले पछिल्लो ६ महिनामा ६२ जनालाई सीमा क्षेत्रबाट फर्काएको छ । विराटनगर रानी सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फर्काइएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माईती नेपाल विराटनगरले बाल यौन शोषण तथा मानव बेचबिखन विरुद्ध आज आयोजना गरेको क्षमताविकास कार्यक्रममा सो जानकारी दिईएको हो […]
विराटनगर ८ साउन । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् […]
विराटनगर ८ साउन । समुदायका लागि चिकित्सक संस्था काठमाण्डौँले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । संस्थाद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही साउन १० गते विराटनगरको महेन्द्र चोकमा संचालन हुने स्वास्थ्य शिविरमा प्रसुति तथा महिला रोग, हाडजोर्नी दन्त रोग, प्रयोगशाला परिक्षण आन्तरिक रोग लगायतका सेवा वरिष्ठ एवं दक्ष चिकित्सकहरुले प्रदान गर्नुहुने छ […]
विराटनगर ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्ने बताउनुभएको छ । नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने बताउनु […]
विराटनगर ७ साउन । मोरङको दक्षिण सीमावर्ती क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक अध्ययन समेटिएर तयार गरिएको पुस्तकको आज विराटनगरमा विमोचन गरिएको छ। उक्त पालिकाको नामाकरणको ऐतिहासिक महत्व, विभिन्न जातजातिको वसोवास अवस्था , धार्मिक आस्था, शैक्षिक संस्था लगायत विषयहरुको अध्ययन गरि २४५ पृष्ठको पुस्तक प्रकासन समितिले प्रकाशित गरेको हो । पुस्तकमा पालिकामा रहेका […]