पूर्वाञ्चल बाल आश्रममा राष्ट्रिय बालदिवस मनाईयो

विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ । […]

विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् मञ्चन, बुधबार सुसंस्कृतम्

विराटनगर, २८ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको भविष्य निर्माणमा पुर्याउनसक्ने सकारात्मक प्रभावकहरुलाई सुन्दर ढंगले […]

पुर्वाञ्चल विश्वविद्यालयका सहायक नियन्त्रक दुई घण्टा कार्यकक्षमा थुनिए

विराटनगर २८ भदौ । पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका सहायक नियन्त्रकलाई विद्यार्थीले दुई घण्टा कार्यकक्षमा थुनेका छन् । इस्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीले विभिन्न माग राखेर छलफल गर्न जादा कुरै नसुनी आफुहरु माथि सहायक परिक्षा नियन्त्रक अजयकुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । पुर्वाञ्चल विश्वविद्यालयले भदौ २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र […]

विद्यालय नाटक महोत्सव : आइतबार चोर मञ्चन, सोमबार भविष्य निर्माण

विराटनगर, २६ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा रञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा परेको, अभावहरुको भारले भुँइ भन्दा माथि आउन नसकेको बखतबहादुरको परिवारको […]

पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन विषय समावेश गर्नेबारे अन्तरक्रिया

विराटनगर, १ भदौ । व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश नं. १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो । परम्परागत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्र प्राप्त गर्ने […]