विराटनगर ५ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इटहरी, सुनसरीले तीन दर्जनवढी अभिकर्तालाई आज सम्मानित गरेको छ ।
पदक योजना एभिचर, महिनामा उत्कृष्ट र बर्षमा उत्कृष्ट गरि ४२ जना अभिकर्तालाई सम्मान गरिएको इटहरी शाखाका प्रमुख भोजमान श्रेष्ठले जानकारी दिनुभयो । इटहरी शाखाले आज आयोजना गरेको अभिकर्ता सम्मान तथा तालिम कार्यक्रमका अवसरमा सम्मानित गरिएको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेशका प्रमुख नरेन्द्र राईले अभिकर्ताले सफलता पाउन अपनाउनु पर्ने व्यवहार, गर्नुपर्ने काम र कम्पनीले दिने सेवा सुविधाहरुबारे प्रकाश पार्नु भएको थियो । उहाँले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालको पहिलो अग्रणी बीमा कम्पनी बताउनुभयो ।
कार्यक्रममा कम्पनीका नायव कार्यकारी प्रमुख स्मृति कँडेलले अभिकर्ता क्षमता अभिबृद्धि र उत्प्रेरणा सम्वन्धि विषयमा प्रस्तुति गर्नुभएको थियो । इटहरी शाखाका ३ सय बढी सक्रिय अभिकर्ताको कार्यक्रममा सहभागिता रहेको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।