विराटनगर ९ जेठ । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । जनतालाई घरमै सेवा पुर्याउने लक्ष्य अनुसार लक्षित वर्गलाई पायक पर्ने […]
विराटनगर ९ जेठ । कोशी प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ । मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ १४, १५ र १६ गते गरि तीन दिन सम्म दिवस मनाईने निर्णय गरेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते […]
विराटनगर ९ जेठ । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायरामा परेकोले प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्वाही गर्नु पर्ने माग गरेको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो । सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही […]
विराटनगर ८ जेठ । कोशी प्रदेशका सांसदहरुले झुटो विवरण भरेर व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) सुविधा नलिएको प्रहरीले स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा झुटो विवरण भरेर प्रदेश सांसदलाई सुरक्षाकर्मी भन्ने विषयमा प्रकाशित समाचार प्रति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक ऋषिराज कँडेलले […]
विराटनगर ८ जेठ । कोशी प्रदेशसभाको दोश्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आह्वान गर्न सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आगामी जेठ १४ गते प्रदेशसभा आह्वान गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नै प्रदेश प्रमुख खापुङलाइ जानकारी गराउनु भएको मुख्यमन्त्रीको सचिवालयले […]