विराटनगर, १६ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका तीनसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जनता समाजवादी पार्टीबाट विद्रोह गरि मेयरमा उम्मेदवारी दिएका उमेश यादव र उपमेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नमिता न्यौपानेको भने उम्मेदवारी कायमै राखेका छन् । मेयरमा उम्मेदवारी दिएका राष्ट्रिय […]
विराटनगर, १६ वैशाख । नेपाली काङ्ग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिउका कार्यक्रमहरु समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ । विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल तिरिदिनेसहितका विभिन्न कार्यक्रमसमेटिएका चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । आज काङ्ग्रेसको महानगरसमितिले एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको सङ्कल्पपत्र […]
विराटनगर, १६ वैशाख । नेपाली कांग्रेस विराटनगरका मेयरका उमेदवार नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् । नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आज आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा हुने बताए ।उनले भने,“मेयरमा विजयी भएर आएँ भने ५० […]
विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार विराटनगरमा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । सबै उजुरी आज खारेज गरिएको र उम्मेदवारी सदर गरिएको जानकारी उहाँले दिनु भयो […]
भोजपुर, वैशाख १५ । निर्वाचनकै मुखमा गठबन्धन दलका कार्यकर्ताहरु एमाले प्रवेश गर्न थालेपछि भोजपुरमा गठबन्धन दललाई धक्का लाग्न थालेको छ ।दिनहुँ जसो गठबन्धनवाला दल कांग्रेस, माओवादी केन्द्र र माधव नेपालको पार्टी एकिकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम तीब्र बनेको छ ।बुधबार मात्रै एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १०५ जना नेता कार्यकर्ता नेकपा एमालेमा […]