विराटनगर, १५ वैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतदातासँग भेटघाट गर्ने घरदैलो कार्यक्रमलाई गति दिएको छ । मेयर पदका उमेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उमेदवारसहित घरदैलो अभियानलाई गति दिइएको हो । आज विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि […]
विराटनगर, १५ वैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरमा नेकपा एमालेले सार्वजनिक घोषणापत्र युवामैत्री देखिएको छ । प्रतिवद्धतापत्रको ५६ देखि ५९ नम्बर बुँदामा युवा र रोजगारी शिर्षकमा किशोर किशोरी र युवाहरुको सर्वाङ्गिण विकास गर्ने उद्देश्यका साथ महानगरीय युवा विकास सञ्जाल निर्माण गर्ने र विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । एमालेको प्रतिवद्धतापत्रले […]
विराटनगर, १४ बैशाख । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । आज एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईञ्चार्ज देवराज घिमिरेले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो […]
विराटनगर, १४ वैशाख । नेकपा विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन । खतिवडालाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको हो । ०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विस्फोटक पदार्थसम्बन्धी मुद्दा लगाएको थियो । अढाई वर्षपछि सो मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर […]
विराटनगर १४ वैशाख । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । आज विराटनगरमा उद्योगी व्यवसायी र प्राधिकरणका प्रदेश कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँगको छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ ले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ […]