विराटनगर, ११ असोज । मोरङको बेलबारीमा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको भवन २ करोड २९ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नु भएको छ । जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको प्रहरी […]
विराटनगर १० असोज । सकारात्मकअभिभावकत्व तथा अन्तरपुस्ता तालिम आज विराटनगरमा सम्पन्न भएको छ ।साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सामुदायिक सहजकर्ताहरुको लागि ५ दिने तालिम आज सम्पन्न भएको हो । बालअधिकार र बाल संरक्षणको बारेमा जानकारी दिने, सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता संवादको निर्देशिकाको ब्यवहारीक अभ्यास तथा सिप र दक्षताको […]
विराटनगर, १० असोज । प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आईतबार मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आईतबार प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन […]
विराटनगर १० असोज । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि वडास्तरिय सञ्जाल गठन गरेको छ ।विराटनगर १३ मा कुन्ती यादवको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । सञ्जालकोसदस्यहरुमा रिया यादव, मेलिशा खड्का, गिता ओझा, रिता कुमारी शाह, पिंकी यादव र रेनुका महतो रहेको माईती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष सूर्यलाल […]
विराटनगर, ७ असोज । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो मन्त्रालयले सोचे जति काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले कर्मचारीहरुले आवस्यक सहयोग नगरेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यलाई अलग गरि छुट्टै मन्त्रालय बनाएपनि अपेक्षित काम हुन नसकेको उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालयले विनियोजित बजेट खर्च नै गर्न […]