विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ ।
माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई आज वितरण गरिएको विद्यालयकी अतिरिक्त क्रियाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार कक्षा ७ र ८ का विद्यार्थीहरूको शनिबारदेखि सोमबार सम्म विभिन्न स्पर्धाहरू सम्पन्न भए । जस अन्तर्गत १०० मिटर दौड छात्रतर्फ कक्षा ७ बाट अरमान खान प्रथम, सुलक्ष अर्याल दित्तिय र सुग्यान गौतम तृतिय हुँदा कक्षा ८ बाट रुपक दाहाल प्रथम, अमन यादव दित्तिय र इन्द्रनारायण यादव तृतीय हुनुभयो ।
१०० मिटर दौडमै छात्रा तर्फ कक्षा ७ बाट कृषु खनाल प्रथम, मान्यता बस्नेत दित्तिय र कुमकुम मिश्र तृतीय हुनुभयो भने सोही स्पर्धामा कक्षा ८ बाट सिम्रन चौधरी प्रथम, प्रीतिस्मा कोइराला दित्तिय र प्रविग्या कोइराला तृतीय हुनुभयो । २०० मिटर दौडमा छात्र तर्फ कक्षा ७ बाट मो. अरमान खान प्रथम, अच्युत गिरी दित्तिय र अपूर्व भुजेल तृतीय हुनुभयो भने कक्षा ८ बाट अमन यादव, दिवाकर मण्डल र आशिशकुमार यादव क्रमशः प्रथम, दित्तिय र तृतीय हुनुभयो । सोही स्पर्धामा छात्रा तर्फ कक्षा ७ बाट कृषु खनाल, आस्ना सेढाई र कुमकुम मिश्र प्रथम, दित्तिय र तृतीय हुनुभयो ।
सटपुटमा कक्षा ७ बाट छात्र तर्फ आयुष चौधरी, सुलक्ष दाहाल र यूकेश निरौला तथा कक्षा ८ बाट तेरन्ज चौधरी, अमन यादव र लेखनाथ साह क्रमशः प्रथम दित्तिय र तृतीय हुनुभयो । सोही स्पर्धाको छात्रा तर्फ कक्षा ८ बाट प्रविग्या कोइराला प्रथम, युक्रीशा यादव दित्तिय र रितिका पोखरेल तृतीय हुनुभयो । म्याथ रेसमा छात्रा तर्फ कक्षा ७ बाट अनन्या रौनियार, मान्यता बस्नेत र अबिलासा भगत तथा कक्षा ८ बाट ज्योति झा, पल्वसा चौधरी र सालरिका मिश्र क्रमशः प्रथम, दित्तिय र तृतीय हुनुभयो । ट्रीपल जम्पमा ओनस प्रधान प्रथम, आशिशकुमार यादव दित्तिय र इशान यादव तृतीय हुनुभयो ।
कबड्डीमा छात्रा तर्फ कर्णाली हाउसबाट सुबिक्षा कोइराला, ज्योति झा, सिम्रीका निरौला, संस्कृति थापामगर सी, सिम्रन चौधरी, सेबिका कटुवाल, अक्षता उपाध्याय, निश्मा कार्की र प्रतिष्ठा कटुवालको समूह प्रथम भयो भने अभिलाशा भगत, सोफिया राई, मान्यता भट्टराई, अनिमिशा श्रेष्ठ, एन्जिला खड्गी, अनुश्का भण्डारी र प्रीया शाही ठकुरीको मेची हाउस दित्तिय भयो । कबड्डीकै छात्रतर्फ अनिरुद्र सेढाई, तेरन्ज चौधरी, आशिष यादव, लेखनाथ साह, अरमान खान, आदित्य तिम्सिना, आभास नभदेत, रासिद इर्साद, आदित्यकुमार साह र मिर्गेन्द्र सुवेदीको समूह प्रथम हुँदा मिसन खड्का, सिद्धान्त ढकाल, फरहान आलम, प्रभाव आचार्य, रुपक दाहाल, रितेश यादव, कृष्णबाबू दाहाल, शशिशेखर बानिया, आशुतोष प्रताप सिंह र आरोग्री बरालको समूह द्धितिय भयो ।
ज्याभ्लिङ थ्रो मा आदित्यकुमार साह प्रथम, प्रीन्स चौधरी, आरोग्य थापामगर तृतीय हुनुभयो । स्पोट्र्स मीट अन्तर्गत लङजम्पमा छात्र तर्फ कक्षा ७ बाट अभय थापामगर, पुष्पराज मेहता र धर्म तामाङ तथा कक्षा ८ बाट मिर्गेन्द्र सुवेदी, अमन यादव र तेरन्ज चौधरी क्रमशः प्रथम, दित्तिय र तृतीय हुनुभयो । सोही स्पर्धामा छात्रातर्फ अल अफिया अलि प्रथम, इक्रीया अख्तर दित्तिय र अभिलाषा भगत तृतीय हुनुभयो ।