जिल्ला बहुउद्देश्यीय सहकारीमा अधिकारी

विराटनगर १३ माघ । जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि मोरङको आज बिराटनगरमा भएको १० औ साधारणसभाले माधव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिति निर्बिरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मणकुमार वैद्य, सचिवमा हिमा मैनाली र सदस्यहरुमा जयनारायण यादव,मञ्जु गौतम ,आशा माझी ,सन्तोस मण्डल , कृष्णबहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की चयन हुनु भएको छ । त्यसैगरी गरी लेखा समिति संयोजकमा बद्री दाहाल र सदस्यहरुमा विणा बराल र सूर्यनारायण माझी निर्बिरोध चयन हुनु भएको छ ।

शेयर पूँजी १ लाख ७५ हजार रहेको संघमा ५० लाख हाराहारीको बार्षिक कारोबार रहेको छ । साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले केही खराब सन्चालकका कारण सहकारी क्षेत्र केही समय बद्नाम भएपनि सरकारले त्यस्ता ब्यक्तिलाई कारबाहीको दायरामा ल्याएको बताउनुभयो । उहाँले आगामी दिनमा राम्रा सहकारी मात्र रहने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेललाइ र ‘नेपालको अर्थतन्त्रको विकासमा कृषि सहकारी संस्थाको भूमिका’ बिषयमा विद्यावारिधि गर्नुभएका कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेललाइ दोसल्ला ओडाएर नव निर्वाचित अध्यक्ष माधव अधिकारीले सम्मान गर्नुभएको थियो ।

साधारण सभामा सहकारी अभियन्ताहरु बिजयकुमार माझी, दिपक कर्ण, राकेस दाहाल, अमृत गुरूङ र इम्तियाज आलम लगायतको सहभागिता रहेको थियो ।